पहिलो विमान दुर्घटनाकाे संस्मरण : ‘जहाज रुखमा ठाेकिएर चूर भएछ’
काठमाडौं - “प्लेन टुक्राटुक्रा भई छरिएको थियो । मरेका गिद्ध छरपस्ट थिए । एउटा रुखमाथि प्लेन ठोक्किएको थियो त्यो रुखमा गिद्ध बस्थे । प्लेन बज्रिदा बडेमानको त्यो रुख भाँच्चिन पुगेको थियो” ७५ वर्षअघि नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनाका ती दृश्य गोकुलप्रसाद शर्माको स्मरणमा अझै पनि ताजा छ ।
वि. सं. २००१ सालको त्यो घटना । पुस २ गते राति विमान बडेमानको आवाजका साथ बजारियो । सिरहाको भेडियाका गाँउलेले बेलाबखत आकाशमा विमान उडेको देख्ने गरेकै थिए । आफ्नै गाउँपछाडि रातको समयमा विमान बज्रिएपछि निद्रामा मस्त स्थानीयमा खैलाबैला मच्चिनु स्वभाविक थियो । आगोको मुस्लो देखेपछि उनीहरू घटनास्थलतर्फ कुदाकुद गरे ।
त्यसबेला यातायात र सञ्चार सुविधा नभए पनि विमान खसेको खबर सिरहा बजारसम्म आइपुग्यो, तर खबर आइपुग्न दुई दिन लाग्यो । पुस ८ गतेको गोरखापत्रमा समाचार पनि छापियो, “सिरहाबाट करिव चार कोस परतिर पौष २ गते राती अमेरिकन चिनु भएको एउटा हवाइजहाज सय डेढ सय गिद्ध बसिरहेको रुखमा बज्रेर नगिचैको पानीमा गाडिई चूर भएछ । याे समाचार प्रकृति अधिकारीले गाेरखापत्रमा लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार