बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मल्लकालमै क्रिस्चियन धर्म प्रचार सुरू​

शनिबार, ०७ वैशाख २०७६, ०८ : ००
शनिबार, ०७ वैशाख २०७६

काठमाडाैं - नेपालमा मल्लकालदेखि नै क्रिस्चियन धर्म प्रचार हुन थालेको पाइन्छ । लोकतन्त्र स्थापनापछि भने यसले व्यापकता पाएको छ । भूकम्पपछि अझ क्रिस्चियन संस्थाले राहत र पुनर्स्थापनका नाउँमा धर्म परिवर्तन तथा प्रचार कार्य व्यापक बनाएको विभिन्न अध्ययनले देखाएका छन् ।

इयान गिब्सनद्वारा लिखित ‘सफरिङ एन्ड होप’ पुस्तकमा सरकारले ०४६ सालअघि मिसनरी संगठनलाई धर्म प्रचारको शंका लागेर देशनिकाला गरेको उल्लेख गरेका छन् । रणजित मल्लको पालामा क्यापुचिन पादरीहरूले पहिलोपटक भक्तपुरमा धर्म परिवर्तनको सुरुवात गराएको पुस्तकमा उल्लेख छ । युनाइटेड मिसन टु नेपाललगायत संस्था लामो समयदेखि धर्म प्रचार र परिवर्तन कार्यमा सक्रिय रहेको उनको पुस्तकले औंल्याएको छ ।

अक्सफोर्ड विश्वविद्यालयबाट मानवशास्त्र विषयमा तयार पारेको उनको विद्यावारिधि शोध प्रबन्धमा नेपालमा विगत र वर्तमानमा भइरहेका धर्म परिर्वतनबारे विश्लेषण छ । यस्तै, सरकारले सन् १९७८ मा समर इन्स्टिच्युट अफ लिंग्विस्टिकमा आबद्ध विदेशीलाई देशनिकाला गरिएको थियो । तर त्यसमा आबद्ध विदेशी वैज्ञानिकले नेपालका विभिन्न भाषा सिकेर बाइबल रूपान्तरण गरेको पुस्तकमा उल्लेख छ । याे समाचार गाेविन्द लुइँटेलले अन्नपूर्णमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप