शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुटिङका दौरान बलिउड अभिनेता विक्की कौशल गम्भिर घाइते

शनिबार, ०७ वैशाख २०७६, ११ : २८
शनिबार, ०७ वैशाख २०७६

बलिउड अभिनेता विक्की कौशल सुटिङका दौरान ठूलो दुर्घटनामा परेका छन् ।

विक्की हाल एक हरर चलचित्रको सुटिङ गरिरहेका छन् । यही चलचित्रको एक एक्शन सीनको दौरान उनको अनुहारमा गम्भीर चोट लागेको हो ।

मुम्बईका फिल्म समीक्षक कोमल नाहटा र तरण आदर्शका साथै पत्रकार फिरदून शहरयारले ट्वीट गर्दै यस घटनाको बारे जानकारी दिएका छन् ।

गत अप्रिल १८ मा गुजरातमा जहाजमा एक्सन सीन छायाँकनका दौरान उनीमाथि अचानक ढोका खसेको थियो । उनलाई तुरुन्त स्थानीय अस्पताल लगिएको थियो ।

त्यहाँ प्राथमिक उपचार गरेपछि उनलाई थप उपचारका लागि मुम्बई ल्याइएको थियो ।

घटनामा उनको अनुहारमा चोट लाग्नुका साथै गालाको हड्डी फ्राक्चर पनि भएको बताइएको छ । त्यस्तै १३ वटा टाँका पनि लगाउन परेको भनिएको छ ।

उक्त हरर चलचित्रको निर्माण करण जोहर गरिरहेका छन् । चलचित्रको निर्देशन शशांक खेतान तथा सहायक निर्देशक भानुप्रताप सिंह रहेका छन् ।

चलचित्रमा विक्कीसँगै मुख्य नायिकामा भूमि पेडनेकर रहेका छन् । यो चलचित्र यसै वर्ष रिलिज गर्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप