अडेल र पति साइमनबीच सम्बन्धविच्छेद
शनिबार, ०७ वैशाख २०७६, ११ : ४४
चर्चित गायिका अडेलले पति साइमन कोनेक्कीसँग सम्बन्धविच्छेद गरेकी छिन् ।
अडेलका प्रतिनिधि बेनी टारान्टिनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अडेल र उनका पार्टनर अलग भएका छन् । दुवै जनाले मिलेर आफ्नो सन्तान हुर्काउनेमा प्रतिबद्धता जनाएका छन् । उनीहरुले यस विषयमा गोपनियताको माग गरेका छन् । यसबारे थप प्रतिक्रिया दिइने छैन ।’
अडेल र कोनेक्कीका एक छोरा एन्जेलो रहेका छन् । एन्जेलोको सन् २०१२ मा जन्म भएको थियो ।
ग्रामी विजेता गायिकाले आफ्नो व्यक्तिगत जीवन र कोनेक्कीसँगको सम्बन्धबारे गोपनियता अख्तियार गर्ने गरेकी छिन् । सन् २०१७ सम्म उनले कोनेक्कीसँगको सम्बन्धबारे केही खुलाइएकी थिइनन् । त्यसपछि एक कन्सर्टका दौरान उनले आफूलाई ‘विवाहीत’ भनेर सम्बोधन गरेकी थिइन् ।
कोनेक्की लाइफ वाटर र च्यारेटी ड्रपफोरड्रपका सह–संस्थापक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान