बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटः म्यानमारमाथि नेपालको सहज जित

शनिबार, ०७ वैशाख २०७६, १२ : ५२
शनिबार, ०७ वैशाख २०७६

काठमाडौंं–नेपालले थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई सात विकेटले हरायो ।

थाइल्याण्डको चियाङमाई मैदानमा म्यानमारले दिएको ५९ रनको सामान्य विजयी लक्ष्य नेपालले ८.१ ओभरमा तीन विकेको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा अर्जुन कुमालले अविजित २६ रन बनाए । सुवास ऐरले ११ रन जोडे । बलिङमा म्यानमारका काउङ क्याले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १३.२ ओभरमा सबै विकेट गुमाएर  ५८ रनमा समेटिएको थियो । 
म्यानमारका काउङ क्याले १९ र क्रिस्टोफरले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्ने सकेनन् । म्यानमारलाई सस्तैमा समेट्न नेपालका कप्तान विशाल विक्रम केसीले चार विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अंक बनाएको छ । नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप