शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'ठूलो माछा कता छ ? सिंहदरबार जता छ !' (फोटोफिचर)

शनिबार, ०७ वैशाख २०७६, १३ : ३०
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं– रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । 

बालुवाटार र हायात जग्गा प्रकरणमा देखिएका अनियमिततामा संलग्न दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई दबाब दिने उद्देश्यले पार्टीले माइतीघरमा प्रदर्शन गरेको हो । 

शनिबारको प्रदर्शनमा सहभागि भएकाहरुले ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ !’, ‘भ्रष्टाचार जेल परुन्’, ‘भ्रष्टाचारी देखिए, सरकार देखिएन’, ‘समाजवाद नांगियो, माफियातन्त्र झांगियो’, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्’ जस्ता प्लेकार्ड बोक्दै सरकारविरुद्द नाराबाजी गरेका थिए । 

माइतीघरबाहेक विवेकशील साझाले देशका अन्य स्थानमा पनि प्रदर्शन गरेको जनाइएको छ । 

भष्ट्रचार विरुद्दका अनेकौं अभियानहरु गर्दै आएको विवेकशील साझा पार्टीले हालै सार्वजनिक भईरहेका भष्ट्रचार सम्बन्धी घटनाहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप