बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘यात्रा’ फिल्मका दर्शकले जिते एक लाख

शनिबार, ०७ वैशाख २०७६, १४ : ४२
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं – अघिल्लो शुक्रबारबाट प्दर्शनमा आएको फिल्म ‘यात्रा’का दर्शक मिलन श्रेष्ठले एकलाख पुरस्कार जितेका छन् । शुक्रबार मकैं एप्सले फिल्म ‘यात्रा’का कलाकारहरु सलिनमान बनियाँ, मलिका महत, रेयर राई लगायतका कलाकारको साथमा लक्की ड्रमार्फत् मिलन श्रेष्ठ बिजेता छानिएको हो । 

२९ चैत्रमा रिलिज भएको ‘यात्रा’ले फिल्मको एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दिने दर्शकलाई एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । झण्डै ३ हजार प्राप्त उतरबाट ६१६ जनाले मात्र सही उत्तर दिएको र ति मध्यबाट पनि उक बिजेता छानिएको मकै एप्सका चीजकुमार श्रेष्ठले जानकारी दिए ।

फिल्ममा सलिनमान बनिया , सलोन बस्नेत,जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप