शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख क्यान्सरबाट यसरी बच्न सकिन्छ

शनिबार, ०७ वैशाख २०७६, १४ : ५४
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं–मुखको क्यान्सर रोगबाट धेरै नेपाली पिडामा रहेका छन् । नेपालमा फोक्सो, पाठेघर, स्तन क्यान्सर अग्रस्थानमा रहेको छ भने मुख क्यान्सर पनि एक समस्याको रुपमा रहेको छ । 

मुख क्यान्सरका बिरामीको एकीङ सरकारी तथ्याङ्क नभए पनि क्यान्सर सम्बन्धी विभिन्न अस्पतालको तथ्याङ्कहरुलाई हेर्ने हो भने मुख क्यान्सरका बिरामी पनि बढ्दो क्रममा रहेका छन् । मुखको क्यान्सर दक्षिण पूर्वी एसियाका पुरुषहरुमा धेरै देखिन्छ ।

मुखको क्यान्सरको प्रमुख कारण सूर्तिजन्य पदार्थ सेवनलाई मानिदै आएको छ । यस्तै मादक पदार्थ सेवन, सुपारी र गुड्खा सेवनलाई पनि कारण मानिदै आएको छ। दक्षिण पूर्वी एसियामा मुखको क्यान्सरबाट वर्षमा ६६ हजार जनाको मृत्यु हुने गरेको छ । 

क्यान्सरको गराउने कारण 

—सूर्तिजन्य पदार्थ (चुरोट,खैनी, बिडी, गुड्खा,सुपारी ) आदिको सेवन । 

—मादक पदार्थको सेवन ।

—वंशाणुगत । 

—कुपोषण ।

—भाइरस आदि ।

मुख क्यान्सरका लक्षणहरु 

—मुखमा गाठाँहरु वा सेतो,रातो कालो दागहरु देखिनु । 

— खाना चपाउँन निल्न गाह्रो हुँनु ।

—बोल्न वा जिब्रो चलाउँन गाह्रो हुँनु ।

—मुख खोल्न गाह्रो हुँनु ।

—गिजा दुख्ने ,सुनिने ,गाला सुनिने ।

—मिसला भएको खाना खाँदा पोल्ने । 

— बिना कारणदाँत झर्नु ।

—घाँटीमा गिर्खाहरू देखापर्नु आदि मुखको क्यान्सरका लक्षणहरु हुन् ।

रोकथाम
–मुखको क्यान्सर गराउने सूर्तीजन्य पदार्थ, मादक पदार्थ, गुड्खा, सुपारी जस्ता खानेकुराहरु खाना बन्द गर्नुपर्दछ । 

–वंशाणुगत पनि मुख क्यान्सर हुन सक्ने भएको हुँदा परिवारमा कुनै व्यक्तिलाई मुख क्यान्सर भएको छ सबै सदस्यले मुख क्यान्सरको परीक्षण गराउनु पर्दछ । 

– मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशतभन्दा बढी बिरामीले सूर्तीजन्य पदार्थको सेवन गरेको देखिन्छ ।  यस्ता वस्तुको सेवन बन्द गर्नाले मुखको क्यान्सर हुने सम्भावना घट्छ ।

–कडा रक्सीले मुख, घाँटी र कलेजोको क्यान्सर गराउँछ । सुर्ती र रक्सी दुवै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना बढी हुने अनुसन्धानले देखाएको छ ।

(यो सामाग्री हामीले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार पारेको नसर्ने रोग सम्बन्धी पुस्तिकाबाट साभार गरेका हौँ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप