शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १५ जना पक्राउ

शनिबार, ०७ वैशाख २०७६, १७ : १०
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं-काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने मिन कुमारी शिवाकोटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २५ वर्षीय उमेश सेवासहित ११ जनालाई नगद ३ लाख ६२ हजार रुपैयाँ र ४ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।
    यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ बस्ने कमल थापाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१३ बस्ने ५२ वर्षीय कृष्ण घिमिरेसहित ४ जनालाई नगद २१ हजार रुपैयाँ र ३ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप