आजदेखि रात्रिकालीन फुटबल प्रतियोगिता
झापा– झापाको भद्रपुर नगरपालिकास्थित मेची रङ्गशालामा आजदेखि रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश नं १ मै ‘पहिलो पटक’ भद्रपुर माविको खेल मैदानमा रात्रिकालीन फुटबल प्रतियोगिता हुन लागेको हो ।
आयोजक संस्था एलेभेन साइनिङ स्टारका अध्यक्ष दिलीप भुइँमालीका अनुसार प्रतियोगितामा आठवटा टोलीले सहभागिता जनाउने छन् । प्रतियोगितामा एलेभेन साइनिङ स्टार, मुनाल फुटबल क्लब चन्द्रगढी, श्रीजङ्गा फुटबल क्लब ज्ञानेचोक, सैनिक फुटबल क्लब, कनकाई फुटबल क्लब, बिर्तामोड गुनाइटेड फुटबल क्लब, न्यू स्टार फुटबल क्लब खोपबाडी र राजगढ फुटबल क्लब गरी आठ वटा टोलीको सहभागिता रहेको छ । पहिलो खेलमा आयोजक एलेभेन साइनिङ स्टार र कनकाई फुटबल क्लबबीच हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न लगभग रु १५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी टोलीले नगद रु एक लाख र उपविजेताले नगद रु ५० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।
गत बुधबार खेलाइनु पर्ने पहिलो खेल प्राविधिक कारणले आज तय गरिएको आयोजकले जनाएको छ । आजेखि शुरु भएको प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ