शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने यी युवा ?

शनिबार, ०७ वैशाख २०७६, १९ : ३६
शनिबार, ०७ वैशाख २०७६

बुटवल ।  शुक्रवार बुटवलको एक बिशाल कार्यक्रममा एक मात्र युवा रुद्रप्रसाद  घिमिरेले सयौं सुरक्षाकर्मी र नेपाल कम्युनिष्ट पार्टीका हजारौं कार्यकर्ताको भीडबीचमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने ‘हिम्मत’ गरे ।

दुस्साहस’को हदमा उत्रिएर प्रम ओलीलाई झण्डा देखाउने ती युवा को हुन् ? त्यो खोज्ने क्रममा तत्कालै उनी अर्घाखाँचीका भन्ने त थाहा पाइयो तर उनका बारेमा थप कुरा थाहा पाउन सकिएन । उनको पहिचान खोज्नेक्रममा हामीले बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लसंग सम्पर्क राखेका थियौं । उनका अनुसार प्रधामन्त्रीलाई कालो झण्डा देखाउने ती युवा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५, साविक भगवती गाविस–१  मोडेलचौर स्थित सामन्य परिवारका ३१ वर्षीय युवा रुद्रप्रसाद  घिमिरे हुन् ।

प्राप्त जानकारी अनुसार उनी बुटवल–११ को माझ गाउँमा बसेर दुध संकलन ब्यवसाय गर्ने गर्छन् ।  छत्रदेव गाउँपालिका प्रमुख  लेखनाथ  पोखरेल भन्छन् – ‘उनी मोडलचौरका सामान्य किसान परिवारका छोरा हुन । बाबु आमा एकदमै सोझा छन् । उनी भने स्नातक उत्तीर्ण युवा हुन् । उनको घरमा छोरा, श्रीमती र बाबुआमा छन् ।’

पोखरेल भन्छन्, ‘घिमिरे आफै भने बुटवलमा बसेर दुध व्यवसाय गर्ने गर्छन् । राजनैतिक रुपमा भने हाम्रो पार्टी नेपाली कांग्रेस निकट भएको स्थानीय तहको निर्वाचनबाट बुझेको हुँ । मलाई चुनावभर बोकेर हिँडेका युवा हुन् । उनले चुनावमा  निकै सहयोग गरे । विजयी जुलुसमा पनि अग्रपंक्तिमा थिए ।’

पोखरेलको दावी छः   ‘घिमिेरेले नबुझेर कालो झण्डा देखाएका होइनन्  ।  देशको अवस्था कालो भएरै कालो झण्डा देखाएका होलान् भन्ने मेरो बुझाइ हो ।’

बुटवलका प्रहरी प्रमुख डिएसपी मल्लले जानकारी दिएअनुसार, उनी प्रदेश र  प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्वर ३ बाट नेकपाका नेता विष्णु पौड्यालका विरुद्ध स्वतन्त्र उमेदवारी दिएर उठेका  युवा समेत हुन् । सो चुनावमा 'आफूले २१ मत प्राप्त गरेको' घिमिरेले बताएको तथा उनी चर्चामा आउने युवा भएको बुझिन आएको पनि उनले बताए । हाल घिमिरेलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको जानकारी मल्लले दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप