केन्द्रीय संस्करण

सेनाद्वारा डढेलो नियन्त्रण

person explore access_timeबैशाख ७, २०७६ chat_bubble_outline0

भीमदत्तनगर– सामुदायिक वनमा लागेको डढेलो नेपाली सेनाको टोलीले नियन्त्रण गरेको छ । 

कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरस्थित आज शहीद स्मृति सामुदायिक वनमा लागेको डढेलो यहाँस्थित नेपाली सेनाको सिंहशार्दूृल गुल्म भगतपुर ब्यारेकको टोलीले नियन्त्रणमा लिएको हो ।

   सिंहशार्दूल गुल्मका निमित्त गुल्मपति सहसेनानी कृष्ण भण्डारीको नेतृत्वमा गएको सैनिक टोलीले डढेलो नियन्त्रणमा लिएको हो । निमित्त गुल्मपति सहसेनानी भण्डारीले सामुदायिक वनमा लागेको डढेलो तीन घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जानकारी दिए । 

सैनिक टोलीसँगै सामुदायिक वन पदाधिकारी र स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा जुटेका थिए । गर्मीबढेसँगै यहाँको राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा डढेलो लाग्ने क्रम शुरु भएको छ । 

    केही दिनअघि पनि यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको केही भूभागमा लागेको डढेलो निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवी दल गण, मझगाउँ ब्यारेक र निकुञ्ज कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.