विभिन्न कम्पनीका साधारण शेयर बिक्री हुँदै
काठमाडौँ- पछिल्ला दिनमा साधारण शेयर बिक्री गर्नेक्रम एकपछि अर्को गर्दै बढिरहेको छ । शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ ।
जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर ती आयोजनाले कूल चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने करीब रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेका हुन् । यस्तै आइतबारदेखि नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले रु एक करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । नेपाल एग्रोले चुक्तापूँजीको ३२.५ प्रतिशतले दरले हुन आउने बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । सो संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत चैत १८ गते साधारण शेयर बिक्रीका लागि स्वीकृति पाएको हो ।
यस्तै गणपति माइक्रोफाइनान्सले सोमबार रु तीन करोड ३५ लाख बराबरको तीन लाख ३५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । गणपतिले चुक्ता पूँजीको ३२.३७ प्रतिशत बराबरले हुन आउने साधारण शेयर बिक्री गर्न लागेको हो । बोर्डबाट सो संस्थाले गत चैत ८ गते शेयर बिक्रीका लागि अनुमति पाएको हो । यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाले रु दुई करोड ५० लाख बराबरको दुई लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो संस्थाले गत चैत २६ गते शेयर बिक्रीका लागि स्वीकृति पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो सुरु, तस्बिरमा हेर्नुहोस्
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ