शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मौसम पूर्वानुमानः अबको तीन दिन पनि चट्याङ, हावाहुरी र वर्षा

आइतबार, ०८ वैशाख २०७६, ०८ : ०१
आइतबार, ०८ वैशाख २०७६

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ । 

 बैशाख ०८ गते (आईतबार)

दिउँसोःदेश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी  सहित हल्का वर्षाको सम्भावना छ ।

रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

 बैशाख ०९ गते (सोमबार)

दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भू–भागका केहि स्थानहरुमा तथा पश्चिमी भू–भागका थोरै स्थानहरुमा  मेघ गर्जन, चट्याङ, हावाहुरी  सहित हल्का वर्षाको सम्भावना छ ।

रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

बैशाख १० गते (मंगलबार)

दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि  स्थानहरुमा तथा पश्चिमी भू–भागका एक दुइ स्थानहरुमा  मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।

रातिः देश भरि आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप