शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कफी विद करण विवादः हार्दिक–राहुलमाथि जरिवाना, १० सैनिक श्रीमतीलाई एक–एक लाख दिनुपर्ने

आइतबार, ०८ वैशाख २०७६, ०९ : २८
आइतबार, ०८ वैशाख २०७६

महिलामाथि अभद्र टिप्पणी गरेको मामलामा हार्दिक पाण्ड्या र लोकेश राहुलमाथि जरिवाना लागेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का लोकपाल डिके जेनले दुई खेलाडीलाई ड्यूटीमा ज्यान गुमाउने अर्धसैनिक बलका १० शहीदका श्रीमतीलाई एक–एक लाख जरिवाना  दिन आदेश दिएको छ । साथै, क्रिकेटको विकासका लागि बनाइएको फण्डमा १०–१० लाख भारु जम्मा गर्न आदेश दिए ।

लोकपाल डिकेले भने, ‘यदि दुई खेलाडीले चार हप्ताभित्र जरिवाना राशी जम्मा गर्दैनन् भने बोर्डले उनीहरुले खेलेबापत् पाउने रकम काट्न सक्छ । दुई खेलाडीलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइएको थियो । यसमार्फत् उनीहरु पहिले नै लगभग ३० लाख भारु कमाउनबाट बञ्चित भइसकेका छन् ।’

लोकपालले भने, ‘देशमा क्रिकेट खेलाडी रोल मोडल हुन् । उनीहरुले आफ्नो स्तरको काम गर्नुपर्छ । यद्यपी, दुबैले माफी मागेका थिए र आफूविरुद्ध भएको कारवाहीको विरोध गरेका थिएनन् ।’

हार्दिक र राहुलले करण जोहरको च्याट शो कफी विद करणमा महिलामाथि आपत्तिजनक टिप्पणी गरेका थिए । पाण्ड्याले कार्यक्रममा विभिन्न महिलासँग सम्बन्ध भएको दाबी गरेका थिए । त्यसपछि सोसल मिडियामा पाण्ड्याको निकै आलोचना भएको थियो ।

सोसल मिडियामा ट्रोल भएपछि पाण्ड्याले स्पष्टिकरणमा भनेका थिए, ‘म कार्यक्रमको ढाँचामा हराएको थिएँ । मेरो उद्देश्य कसैको भावनामा ठेस् पुर्याउनु थिएन । मेरो बयानले जसको भावना आहत भएको छ, उनीहरु सबैसँग माफी चाहन्छु ।’

राहुल–हार्दिकलाई विवादपछि अष्ट्रेलिया भ्रमणबाट फिर्ता बोलाइएको थियो । दुबैलाई अनिश्चितकालका लागि निलम्बित पनि गरिएको थियो । यद्यपी, पछि निलम्बन फिर्ता लिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप