शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिटी शीर्ष स्थानमा, टोट्टनहामसँग लियो बदला

आइतबार, ०८ वैशाख २०७६, १० : ०७
आइतबार, ०८ वैशाख २०७६

एजेन्सी – म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले टोट्टनहामलाई १–० गोलले हरायो । 

यस जितसँगै सिटीले टोट्टनहामसँग चारदिन अघिमात्र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भोगेको हारको बदला समेत लिएको छ । च्याम्पियन्स लिगमा सिटी टोट्टनहामसँग अवे गोलका आधारमा पछि पर्दै बाहिरिएको थियो ।

लिगको उपाधि दौड बलियो बनाउन सिटीलाई यस जित निकै महत्वपूर्ण थियो । निकै कठिन र प्रतिस्पर्धात्मक खेलमा सिटीको जितमा फिलिप फोडेन नायक बने । फोडेनले खेलको पाँचौं मिनेटमा गरेको गोलनै सिटीका लागि प्रयाप्त बन्यो । पहिलो गोलपछि आक्रामक र रक्षात्मक दुवै रणनिति अपनाएको सिटीले थप गोल गर्न सकेन । 

यता टोट्टनहामको खेलको अन्तिमसम्म गोल फर्काउने प्रयास पनि सफल भएन । ८६ अंक बनाएको छ । सिटी दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा १ अंकले मात्र अगाडी छ । लिभरपुलको ८५ अंक छ । ६७ अंक बनाएको टोट्टनहाम तेस्रो स्थानमा छ ।

शनिबार रातिनै भएको लिगका अन्य खेलमा वाटफोर्डले हडर्सफिल्ड टाउनलाई २–१, फुलहामले बर्नमाउथलाई १–० र युक्यासल युनाइटेडले साउथह्यामटोनलाई ३–१ गोलले हरायो । लेस्टर सिटी र वेस्टहाम युनाइटेडले २–२ तथा वल्भ्स र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप