शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाइजोका लागि श्रीमतीको जलाएर हत्या, त्यसपछि दुई सन्तानलाई बाकसमा बन्द गरेर जलाइदिए

आइतबार, ०८ वैशाख २०७६, १० : ४१
आइतबार, ०८ वैशाख २०७६

भारतको उत्तर प्रदेशमा एक महिला र उनका दुई सन्तानको जलाएर हत्या गरिएको छ । घटना १८ अप्रिलको हो ।

महिलाको नाम उषा थियो । उषाका श्रीमान् गणेश घटना भएलगत्तै फरार छ । उषा र गणेश पटेलको विवाह सनु २०१२ मा भएको थियो ।

१७ अप्रिल बिहान छिमेकीले घरबाट धुँवा आइरहेको देखे । मानिसहरुले घरभित्र गएर हेर्दा उषा र उनका दुई सन्तान जलिसकेको पाए । उषाको शव कोठामा भेटिएको थियो तर बच्चाहको शव फलामको बाकसमा भेटिएको थियो । त्यसपछि छिमेकीले ऊषाका माइती पक्ष र पुलिसलाई बोलाए ।

पुलिसले दाइजोका लागि हत्या मामला दर्ता गरेको छ । घटनाको अनुसन्धान गरिरहेका एसएसपी अतुल शर्माले महिलाको श्रीमानले मद्यपान गरेर उषालाई दुःख दिइरहन्थे त्यसकारण यो आत्महत्याको पनि मामला हुनसक्छ । पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान थालिनेछ ।

यस्तै, ऊषाका माइती पक्षले भने दाइजोका लागि छोरीको हत्या भएको दाबी गरिरहेका छन् । उषाका भाइ अजितका अनुसार विवाहलगत्तै ऊषालाई दाइजोका लागि तनाव दिइन्थ्यो । उनका ससुरा र श्रीमानले कुटपिट गर्ने गर्दथे । उनीहरुले ऊषालाई माइतीबाट एक लाख भारु र बाइक ल्याउन भनिरहेका थिए । ऊषालाई एकपटक यति बेस्सरी कुटिएको थियो कि उनले कानको जाली नै फुटेको थियो । गत वर्ष डिसेम्बर ३१ तारिखमा पनि निर्घात कुटिएको थियो ।

अजितले गणेश र उनका पिताले उषा र उनका दुई सन्तानको हत्या गरेको दाबी गरे । उनले सुरुमा ऊषाको गला दबाएर हत्या गरिएको र त्यसपछि जलाइएको दाबी गरे ।

घटनापछि उषा र उनका श्रीमान् गणेश फरार छन् । गणेशका बुवालाई पक्राउ गरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप