प्रदूषणले बढाउँछ अपराध, परिवर्तन हुन्छ मानिसको व्यवहार
वायु प्रदुषण संसारभरीका मानिसहरुका लागि एउटा ठूलो समस्या बनेको छ । वायु प्रदुषण स्वास्थ्यका लागि घातक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष वायु प्रदुषणका कारण संसारभरीका लाखौं मानिसको मृत्यु हुन्छ । यस्तै, एक नयाँ अध्ययनले प्रदुषणका कारण अपराध बढ्ने दाबी गरेको छ ।
अनुसन्धानकर्ताका अनुसार प्रदुषित हावामा सास लिनेहरु निकै बेचैनी हुन थाल्छन् जसका कारण उनीहरुको व्यवहार परिवर्तन हुनथाल्छ । शोधकर्ताले जुन स्थानमा धेरै वायु प्रदुषण हुन्छ त्यहाँ आपराधिक दर पनि बढ्ने निष्कर्ष निकालेका छन् ।
न्यूयोर्कको कोलम्बिया बिजनेस स्कूलमा शोधकर्ताले प्रदुषण र अपराधबीचको सम्बन्धबारे जान्ने कोसिस गरे । जुन स्थानमा वायु प्रदुषणको स्तर धेरै थियो, त्यो आपराधिक क्रियाकलाप पनि तीब्र रुपमा बढ्ने गरेको पाइयो ।
अनुसन्धानका मुख्य लेखक डा. ज्याक्सन लुले भने, ‘अनुसन्धानको आधारमा भन्न सकिन्छ कि हावामा भएका प्रदुषित तत्वले स्वास्थ्य र पर्यावरणलाई क्षती पुर्याउनुका साथै मानिसहरुको व्यवहारलाई पनि प्रभावित गर्न सक्छ ।’
उनले थपे, ‘वायु प्रदुषण संसारभरीका मानिसहरुका लागि एक गम्भीर समस्ष हो जसले संसारभरीका करोडौं मानिसहरुलाई प्रभावित गर्छ । शोधको पहिलो चरणमा शोधकर्ताताले वायु प्रदुषण र मानिसहरुको आक्रामक व्यवहारमा गहिरो सम्बन्ध भएको पाए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी