शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकता टुङ्ग्याउन बालुवाटारमा चार नेताबीच छलफल

आइतबार, ०८ वैशाख २०७६, १२ : ०८
आइतबार, ०८ वैशाख २०७६

एकता प्रकृया टुङ्ग्याउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल सहभागी भएका छन् ।

चार नेताबीच झण्डै एक घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । नेताहरु बिहान एकचरणको छलफलपछि पुनः बेलुका छलफल गर्नेगरी बाहिरिएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि जिल्ला तहको एकता गर्ने विषयमा नेताहरुबीच सहमति जुट्न सकेको थिएन । जिल्ला तहको एकताका गर्न निश्चित मापदण्ड बनाएर अघि बढ्ने अध्यक्ष ओली र प्रचण्डबीच सहमति भएको थियो । त्यहि सहमतिमा बरिष्ठ नेता नेपाललाई सहमति गराउन आइतबार नेता नेपाललाई बालुवाटार बोलाइएको बुझिएको छ ।

यसअघि तत्कालिन एमालेले ४५ जिल्लाको नेतृत्व गर्ने र माओवादी केन्द्रले ३२ जिल्लाको नेतृत्व गर्नेगरी सैद्धान्तिक सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप