शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘जात्रै जात्रा’ गीत : जीवन यात्रामा विपिन र रवीन्द्र

आइतबार, ०८ वैशाख २०७६, १२ : ४२
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं –प्रदीप भट्टराइको निर्देशन रहेको फिल्म ‘जात्रै जात्रा’ले ‘जीवन जात्रा हो’ बोलको दोस्रो गीत सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक ‘माया पिरती’ बोलको गीतले चर्चा पाइरहँदा निर्माण युनिटल यो गीत पनि सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा स्वर तथा संगीत कालीप्रसाद बाँस्कोटाको रहेको छ । गीतमा शब्द अर्जुन भट्टराई र कोरियोग्राफी प्रविन सिंहको रहेको छ । 

गीतमा फिलमका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ देखिएका छन् । गीतमा कलाकार अलि फरक लुकमा देखिएका छन् । रविन्द्र सिंह बनियाँ कार्यकार िनिर्माता रहेको फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । 

फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दयाहाङ राई, बर्षा राउत, राजाराम पौडेल लगायतको मुख्य भूमिका रहेको छ । 

फिल्म ‘जात्रा’ हिट भएपछि यसको सिक्वेलको रुपमा यो निर्माण  भएको हो । त्यसैले पनि यो फिल्म प्रति धेरैको अपेक्षा छ । फिल्ममा शंकर महर्जन द्वन्द्व, कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप