शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्थिक अभाव झेल्दै बर्दिबासको मदरसा

आइतबार, ०८ वैशाख २०७६, १२ : ५६
आइतबार, ०८ वैशाख २०७६

निकेश खनाल

महोत्तरीको बर्दिवासमा रहेको नुरुल ओलुम इस्लामीयाँ मदरसामा अध्ययनरत  ५५ बालबालिकालाई  शनिबार मुस्लिम समुदायको आर्थिक सहयोगमा १६ हजार ३ सय बराबरको झोला, कापी र पेन्सिल वितरण गरिएको छ ।  

विगत ५ वर्षदेखि सञ्चालनमा रहेको उक्त मदरसाले सरकारी अनुमति लिएको ३ वर्ष मात्रै भएको छ । 

यस मदरसालाई विगतमा जिल्ला शिक्षा कार्यलय महोत्तरीबाट कुनै आर्थिक सहयोग नभएपनि स्थानिय सरकार आइसकेपछि विगत २ वर्ष देखि वार्षिक १ लाख ८० हजार रकम प्रदान गर्दै आएको छ । तर दिएको सो रकम अपुग हुँदा मदरसामा अध्यायनरत विद्यार्थीको अभिभावकबाट चन्दा उठाउन बाध्य भएको मदरसा व्यवस्थापन समितिका अध्यक्ष अताउल रहमानले जानकारी दिए ।

मदरसामा उपयुक्त कक्षाकोठा र डेक्स–बेन्चको अभावमा विद्यार्थीहरु  भुइँमै बसेर पढ्न बाध्य छन् । आर्थिक अभावका कारण दुई जना मात्रै शिक्षक राखेर कक्षा १ मात्रै सञ्चालन गरिएको छ ।

आर्थिक अभावकै कारण मदरसाको स्तरोन्नती गर्न नसकिएको अध्यक्ष  रहमानले गुनासो गरेका छन् ।

साथै उनले यसको स्तरोन्नको लागी सरोकारवाहरुलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप