शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा बस दुर्घटना, २ को मृत्यु २५ जना घाइते

आइतबार, ०८ वैशाख २०७६, १३ : ०५
आइतबार, ०८ वैशाख २०७६

धादिङ– पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

आइतबार बिहान १० बजे काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बा४ख १४१५ नम्बरको सो बस दुर्घटना भएको हाे । 

तीब्र गतिको सो बस अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा सडकबाट करीब २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । 

उनका अनुसार एक जनाको घटनास्थलमै र अर्का एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको छ । 

यस्तै दुर्घटनामा ११ महिला र १४ पुरुष गरी २५ जना घाइते भएका छन् । उनीहरुमध्ये २१ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने बाँकी गम्भीर चार घाइतेलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ । 

प्रहरीले बसका चालक दोलखाका बसन्त घर्तीलाई नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप