बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दीपक मनाङेको फिल्ममा सौगात र सृष्टि बने प्रेम जोडी

आइतबार, ०८ वैशाख २०७६, १३ : ४३
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं–दीपक मनाङेको लगानी बन्न लागेको फिल्म ‘पोई पर्यो काले’ मा प्रेमजोडीको रुपमा सृष्टि श्रेष्ठ र सौगात मल्ल एकसाथ देखिने भएका छन् । 

निर्देशक शिशिर राणाले केही दिन अगाडि फिल्मका लागि सौगातलाई अनुबन्धित गरेका थिए, भने अहिले सृष्टिलाई पनि फाइनल गरेका हुन् ।

फिल्ममा सौगात र सृष्टिको एक अर्काको अपोजिट भूमिकामा रहने वा नरहनेबारे निर्देशक राणाले केही खुलाउन चाहेनन् । जेठबाट छायांकनका लागि फ्लोरमा निस्किने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । फिल्ममा रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेका छन् । 

अभिनेता सौगात पछिल्लो समय धमाधम फिल्म साइन गरिरहेका छन् । शिशिर राणाको फिल्म पछि उनले शुक्रबार सुवर्ण थापाको निर्देशन रहने फिल्म ‘राम राम’ पनि खेल्ने भएका छन् । सौगात सो टिमसँग शुक्रबार जोडिएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप