बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन

आइतबार, ०८ वैशाख २०७६, १५ : १६
आइतबार, ०८ वैशाख २०७६

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ । 

शारीरिक अस्वस्थ्यताका कारण काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आइतबार ४५ वर्षको उमेरमा निधन भएको हो ।

उनको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ ।

उनले राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । 

निर्वाचित भएकै बेलादेखि उनी शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भएपछि औषधि उपचार भइरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप