शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यथास्थितिबाट वाक्क युक्रेनी जनताले एक हास्य कलाकारलाई राष्ट्रपतिमा निर्वाचित गर्दैछन्

आइतबार, ०८ वैशाख २०७६, १७ : ३२
आइतबार, ०८ वैशाख २०७६

एजेन्सी । युक्रेनका जनताले आइतबार नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गर्दैछन् । र, सम्भवतः युद्धमा रहेको यो देश र परिवर्तन खोजिरहेका जनताले यसअघि कुनै राजनीतिक अनुभव नभएका एक हास्य कलाकारलाई सर्वोच्च पदमा निर्वाचित गर्नेछन् ।

विभिन्न सर्वेक्षणले एक टेलिभिजन सिरिजमा काल्पनिक राष्ट्रपतिको भूमिका निभाउने भोलोडिमियर जेलेन्सकीले सत्तासिन राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई पराजित गर्ने देखिएको छ ।

भ्रष्टाचार नियन्त्रणमा देखाएको उदासिनताका र जनताको खस्कदो जीवनस्तरका कारण पोरोसेन्कोको लोकप्रियता घट्दो छ ।

शुक्रबार दुवै प्रत्यासीले किएभ रंगशालामा भएको बहसमा भाग लिएका थिए ।

यदी आइतबार भएको निर्वाचनमा जेलेन्सकी विजयी भए युक्रोनको इतिहासमा राजनीतिक अनुभव हासिल नगरेका व्यक्ति सर्वोच्च पदमा निर्वाचित भएको पहिलो अवसर हुनेछ ।

विश्वमा ब्रेक्सिट, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको जीत, इटालीमा ५ स्टार आन्दोलनजस्ता घटना भइरहेको बेला युक्रोनमा जेलेन्सकीको उदय भएको हो ।

सर्वेक्षणमा मात्र ९ प्रतिशत युक्रेनका जनतालाई वर्तमान सरकारमाथि विश्वास रहेको देखाएको थियो ।

‘म एउटा साधारण व्यक्ति हुँ र यो व्यवस्था भत्काउन यहाँ आएको हुँ । म तपाईंको गल्ती र झुटा वाचाको प्रतिफल हुँ,’ किएभ रंगशालामा आयोजित बहसमा जेलेन्सकीले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप