शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ए मेरो हजुर ३’ लाई दोस्रो साता पनि दर्शक, हलमै पुगेर अनमोलले दिए टिसर्ट उपहार

आइतबार, ०८ वैशाख २०७६, १८ : ४९
आइतबार, ०८ वैशाख २०७६

काठमाडौंं– नयाँ वर्षको अवसर पारेर २९ चैत्रबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले दोश्रो सातामा पनि राम्रो व्यवसाय गर्ने देखिएको छ । शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल फिल्मले शनिबार र शुक्रबार राम्रो दर्शक पाएको छ ।

शनिबार फिल्मले देशैभर हाउसफुलको व्यवसाय गरेको निर्माता सुनिलकुमार थापाले बताएका छन् । आफ्नो फिल्मले बलिउडको फिलम ‘कलंक’ लाई नेपाल व्यवसायमा पछि पारेको दाबी थापाको रहेको छ । बलिउडका समिक्षकबाट मिलेको निराशाजनक समिक्षाका कारण ‘कलंक’को व्यवसाय नेपालमा राम्रो नबनेको थापाले अनुमान लगाए । 

दोस्रो सातामा पनि फिल्मका दर्शक धेरै देखिएपछि निर्माण युनिट अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा सहित राजधानीको केही हलमा दर्शक भेट्न पुगेका थिए । हलमा युनिटले दर्शकसँग तस्बिर खिच्नुका साथै अनमोलको फोटो छापिएको टिसर्ट समेत दर्शकका लागि उपहारस्वरुप दिएका थिए । अनमोलको फोटो छानिएको टिस पाउँदा दर्शकले खुसीले नाचेका थिए । 

काठमाडौंको मल्टिपेलेक्स तर्फ एफ क्युब, बिएसआर, बिग मुभिज र सिंगल तर्फका गोपिकृष्ण, अष्टनारायण मात्र होइन, मोफसलका पोखरा, चितवन लगायतका स्थानमा पनि फिल्मले यो शनिबार पनि राम्रो व्यवसाय गरेको निर्माता थापाले जानकारी दिए ।

अभिनेत्री झरना थापा निर्देशिन ‘ए मेरो हजुर ३’ उनकै श्रीमान् सुनिलकुमार थापाले निर्माण गरेका हुन् । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप