बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले ल्याएका आयोजनाको उद्घाटन र फोटो खिचाउँदैमा सरकारका दिन बिते: रामचन्द्र पौडेल

आइतबार, ०८ वैशाख २०७६, १९ : १३
आइतबार, ०८ वैशाख २०७६

बुटवल– नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहित  आघा दर्जन केन्द्रीय सदस्यहरुले  सरकारको चर्को आलोचना गरेका  छन् । हिजो नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को  सम्मेलनमा बोल्दै सरकारको  निकै आलोचना गरेका केन्द्रीय नेताहरुले आज पनि रुपन्देही क्षेत्र नम्बर २ को सम्मेलन यस्तै गरी सरकारको कडा आलोचन गरे ।

आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सुरु गरेका आयोजनाहरुको उद्घाटन र फोटो खिचाउँदैमा वर्तमान सरकारको एक वर्षभन्दा बढी समय खेर गएको बताए । नेता पौडेलले वर्तमान सरकारले विकासको प्राथमिकता छुट्टयाउन नसकेको बताउँदै उनले कम्युनिष्ट सरकारको नियत नै ठिक नभएको आरोप लगाए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर–३ रुपन्देहीको भैरहवामा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्टहरुले देश र जनताको बारेमा नसोची केवल पार्टीको बारेमा मात्रै सोचेको आरोप लगाएका हुन् । उनले सरकारका क्रियाकलापहरुले पूर्णरुपमा सरकार असफल सावित भएको समेत दाबी गरे ।

‘दुईतिहाई बहुमतको कम्युनिष्ट सरकारले सुनौलो अवसर पनि बर्बाद पा‍र्यो’ नेता पौडेलले भने । सरकार सत्ता र कार्यकर्ताको लागि प्रयोग भएको उनले बताए ।

उनले सरकारसँग नयाँ योजना तथा कार्यक्रम नभएको र एक वर्षमा जनतालाई अन्यौलमा राख्ने बाहेक अरु केही गर्न नसकेको बताए । वर्तमान सरकार कुहिरोमा हराएको काग जस्तै भएको उल्लेख गर्दै नेता पौडेलले जनताको हित र संविधानको रक्षाका लागि काँग्रेसले सहि कदम चाल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले काँग्रेसले युद्ध जिते पनि लडाई हारेको टिप्पणी गरे । काँग्रेसको काम निर्वाचन जित्नु र सरकार बनाउने मात्र नभएकोले एकपटकको चुनाव हार्दैमा शीर निहुराउनुपर्ने अवस्था नआएको उनले बताए । आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी परिचालन गर्नुपर्ने थापाले बताए ।

त्यस्तै नेता अर्जुननरसिंह केसीले सरकारले शान्ति सुरक्षा र अमनचयनमा कमजोर सावित भएको बताए । उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले पनि सरकार असफल सावित भइसकेको दावी गरे । काँग्रेसले सबैलाई जोड्ने काम गरेको उनको भनाइ थियो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली सरकार ज्ञानेन्द्रपथमा अगाडी बढेको आरोप लगाए । उनले काँग्रेसको अगुवाइमा संविधान तथा महत्वपूर्ण परिवर्तनहरु भएको भन्दै संविधान र परिर्वतनको संरक्षण पनि काँग्रेसले नै गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाई, कमला पन्त, सांसद प्रकाश रसाइली, पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले स्थानीय तह , प्रदेश सरकारले केन्द्रकै जस्तै  जनताको काम नगरी  बजेट मात्र सक्ने खेल गरेको आरोप लगाएका छन् ।   बरिष्ठ नेता पौडेलसहितका नेताहरु भोली पनि रुपन्देहीका विभिन्न कार्यक्रममा सभागि हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप