बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कतै तपाईंले धेरै ह्याक हुने पासवर्ड त राख्नुभएको छैन ?

सोमबार, ०९ वैशाख २०७६, १० : २८
सोमबार, ०९ वैशाख २०७६

संसारभरीका लाखौं मानिसले आफ्ना संवेदनशील अकाउन्टमा सम्झनलाई  सजिलो हुने पासवर्ड राख्ने गरेको नयाँ अध्ययनले बताएको छ ।

बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले ह्याक भएका धेरैजसो अकाउन्टमा १२३४५ पासवर्ड राखेको पत्ता लगाए ।

मानिसहरुमा साइबर ज्ञानको कमीले निम्त्याउने खतराबारे पनि यसमा अनुसन्धान गरेको छ ।

एनसीएससीका अनुसार मानिसहरुले आफ्नो पासवर्ड बलियो बनाउन सम्झन सक्ने तीनवटा ‘स्ट्रिङ’ प्रयोग गर्नुपर्छ ।

आफ्नो पहिलो साइबर सर्वेक्षणमा एनएससीएसले ह्याक गरिएका डाटाबेसमा कस्ता शब्द, वाक्य वा स्ट्रिङ प्रयोग गरिएका छन् भनेर अनुसन्धान गर्यो ।

सबैभन्दा बढी ह्याक भएका पासवर्डको शीर्ष स्थानमा १२३४५ रह्यो । यो करिब दुई करोड ३० लाख प्रयोगकर्ताले यो पासवर्ड राखेका थिए । दोस्रो स्थानमा रह्यो १२३४५६७८९ रह्यो भने शीर्ष पाँचमा ‘QWERTY’ र ‘१११११११’ रहेका छन् ।

यस्तै, जसले आफ्नो पासवर्डमा ब्कजभिथ, ःAshley, Michael, Daniel, Jessica र Charlie  लगायतका नाम राखेका छन्, ती पनि धेरै ह्याक हुने गरेको अनुसन्धानमा खुलेको छ ।

साथै, निकै सजिलै अनुमान गर्न सकिने पासवर्डमा फुटबल टिमको नाम पनि पर्छ । जसमध्ये लिभरपुल पहिलो स्थानमा छ भने च्याम्पियन्स र चेल्सी दोस्रो धेरै ह्याक हुने पासवर्ड हुन् । साथै, संगीतका धेरैजसो पारखीले पासवर्ड ब्लिङ्क–१८२ राख्ने गरेको जुन सजिलै ह्याक गर्न सकिने उक्त अनुसन्धानले बताएको छ ।

‘जसले विश्व प्रसिद्ध व्यक्तिको नाम पासवर्डमा राख्छन् उनीहरुको अकाउन्ट पनि ह्याक हुने खतरा अत्यधिक भएको पाइयो,’ डा. इयान लेभी, एनसीएससीका प्राविधिक निर्देशकले बताए ।

‘आफ्नो निकै संवेदनशील डाटा जोगाउनका लागि निकै सजिलै अनुमान गर्न सकिने पासवर्ड जस्तै, आफ्नो पहिलो नाम, स्थानीय फुटबल समूह र मनपर्ने ब्यान्डको नाम राख्नुहुँदैन,’ उनले भने ।

अनुमान गर्न गाह्रोः

एनसीएससीले केही मानिसहरुलाई आफ्नो सुरक्षा र डरबारे पनि प्रश्न सोधेको छ ।

तीमध्ये ४२ प्रतिशतलाई आफ्नो पैसा अनलाइन ठगीमा डुब्ने हो कि भन्ने चिन्ता छ भने १५ प्रतिशतलाई आफूलाई अनलाइनमा कसरी सुरक्षित गर्ने भन्नेबारे थाहा छ ।

अनुसन्धानमा संलग्न आधाले मात्र आफ्नो इमेल अकाउन्टमा अनुमान गर्न गाह्रो पासवर्ड राखेको बताए ।

ह्याक भएका अकाउन्टको डाटाबेस संकलन गर्ने सेक्युरिटी एक्सपर्ट ट्रोय हन्टले राम्रो र बलियो पासवर्ड राख्दा मात्रै आफू अनलाइनमा सुरक्षित हुनसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप