शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमीसँग गराइदिए श्रीमतीको विवाह, उपहारमा दिए छोरा

मङ्गलबार, १० वैशाख २०७६, ०९ : ०७
मङ्गलबार, १० वैशाख २०७६

भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् । यतिमात्र होइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती पनि थियो ।

घटना बिहारको सालेपुर गाउँको हो । जहाँ एक व्यक्ति आफ्नी श्रीमतीसहित भाडाको घरमा बस्थे । उनीहरुका साढे दुई वर्षका छोरा पनि थिए । तर एकदिन ती व्यक्तिलाई कुनै मामलामा पुलिसले पक्राउ गरेर जेलमा राखे । यसैबीच ती व्यक्तिकी श्रीमतीको सम्बन्ध घर मालिकका छोरा मोनूसँग रह्यो । कुरा यति बढ्यो कि यी दुई एक–अर्काबिना बस्नै सकेनन् ।

जब महिलाका श्रीमान जेलबाट छुटे तब उनलाई उनीहरुको सम्बन्धबारे थाहा भयो । त्यसकारण उनले यी दुईको विवाह गराइदिने बारे सोचे । उनले ग्राम पंचायत भवनमा सरपञ्च पवन कुमार साहसमेत थुप्रैको उपस्थितीमा दुईको विवाह गराइदिए ।

आफ्ना साढे दुई वर्षका छोरा पनि श्रीमती र उनका प्रेमीलाई उपहारमा दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप