सामसङले सार्यो ‘फोल्ड’ मोवाइल सार्वजनिक गर्ने समय तालिका
एजेन्सी– सामसङको बुहप्रतिक्षित फोल्ड गर्न मिल्ने फोन यो हप्ता सार्वजनिक गर्ने समय तालिका थियो । तर मूल्याँकनको लागि प्रयोग गरिएका फोनहरु चक्रेपछि सार्वजनिक मिति पछाडि सर्ने भएको छ ।
सामसङ कम्पनीले झण्डै २ हजार अमेरिकी डलर मूल्य तोकेको ‘ग्यालेक्सी फोल्ड’ मोबाइल यही शुक्रबार सार्वजनिक गर्ने योजना थियो । अब समस्या देखिएपछि मोबाइलमा थप परीक्षणहरु सञ्चालन गरिनेछ । यी परीक्षणहरुपछि मात्रै कम्पनीले ‘आगामी हप्ताहरु’ मा सार्वजनिक मिति घोषणा गर्नेछ ।
यस ढिलाईलाई सामसङको लागि धक्काको रुपमा हेरिएको छ । अझ केहीले यसले स्मार्टफोन बजारलाई नै असर गर्ने मानेका छन् । केहीले यसलाई मोबाइल उद्योगमा नयाँ प्रविधिहरु उत्प्रेरित गर्ने विश्वास गरेका थियो ।
हुनत उच्च मूल्यका कारण ‘ग्यालेक्सी फोल्ड’ त्यति धेरै बिक्री हुने अनुमान गरिएको छैन । तर यसले स्मार्टफोनमा पछिल्लो समयमा स्थिर बन्न गएको नविनतालाई पुन प्रष्पुटन गर्न सघाउने विश्वास गरिएको थियो ।
फोनका अन्य विशेषताहरुमा भने कुनै समस्या नदेखिएको यसलाई मुल्याकंन गर्न दिएकाहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ