दाङमा २२ वर्षपछि हत्या आरोपी पक्राउ
मङ्गलबार, १० वैशाख २०७६, १५ : १३
बुटवल–व्यक्ति हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।
२०५४ साल असोज २५ गते घोराही उपमहानगरपालिका ७ जब्बरपुरका लालध्वज शाही र ध्रुवध्वज शाहीको हत्या गरेको आरोप लागेका सोही ठाउँका देशु चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो ।
दाङ प्रहरीका प्रवक्ता डीएसपी विनोदविक्रम शाहीका अनुसार चौधरीलाई दाङ जिल्ला अदालतले २०६६ जेठ २० गते २० बर्ष कैद सजाय तोकेको थियोे । उनी हत्या गरेदेखि नै फरार थिए । फैसला कार्यान्वयनकाे क्रममा खाेजतलासरत प्रहरीले उनलाई ले घरबाटै पक्राउ गरेको हो । चौधरीलाई आजै कारागार पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता गठबन्धनकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
-
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’, तस्बिरहरु
-
विषादी हालेको अंगुर खाइरहनु भएको छ ? यसरी सफा गर्नुस्
-
मधेसमा माओवादीले फेर्यो मन्त्री
-
नेपालमा वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ : चीन
-
बैंकबाट ऋण लिन महिलाले मृत पुरुषलाई लिएर आएपछि...