शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चार वटा वाणिज्य बैंकसहित ४७ वटा कम्पनीको सेयर मूल्य दोस्रो बजारमा सर्वाधिक सस्तो

कसको मूल्य कति छ ?
मङ्गलबार, १० वैशाख २०७६, १६ : २५
मङ्गलबार, १० वैशाख २०७६

नयाँ वर्षको शुरुवातसँगै सेयर बजारमा पनि उमङ्ग आउन थालेको छ । लामो समयसम्म कारोबार समेत सुस्त बनेको बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुनुलाई बजारमा उत्साह बढेको अनुमान लगाउन असहज छैन ।

यद्यपि, मंगलबार भने सेयर कारोबार झण्डै आधा घट्न पुगेको छ । यस दिन ६१ करोड ४१ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

सेयर बजारको सिजन शुरु भएको विश्लेषण भइरहँदा अझै पनि यस्ता कम्पनी छन जसको सेयर मूल्य दोस्रो बजारमा २ सय रुपैयाँ भन्दा कम मूल्य  छ । जबकी लगानीकर्ताले सय रुपैयाँ प्रतिकित्तामै साधारण सेयर (आइपिओ) खरिद गर्न सक्नेछन् । दोस्रो बजारमै झण्डै आइपिओकै हारहारीमा सेयर किन्न पाइनु भनेको ती कम्पनीप्रति लगानीकर्ताले चासो नदेखाउनु  नै हो ।

क्रमशः सेयर बजारले लय समात्न थालिरहँदा पनि राम्रो मूल्य नपाएका कम्पनीको सेयर बारे हामीले देखाउन खोजेका छौँ ।

२०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका ४७ कम्पनी छन् । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । बजारमा वाणिज्य बैंकको बर्चस्व रहेको बेला चार वटा बाणिज्य बैंककोे सेयर मूल्य निकै कम देखिएको छ । यता ११ वटा कम्पनीको त १०० रुपैयाँभन्दा कम मूल्यमा सेयर किन्न पाइन्छ ।

चार वटा वाणिज्य बैंकको सेयर मूल्य अधिक सस्तो

वाणिज्य बैंकहरुको सेयरमा लगानीकर्ताहरु झुम्मिएको बेला सेञ्चुरी कर्मसियल बैंक, सिभिल बैंक, जनता बैंक र मेगा बैंकको सेयर मूल्य भने अझै पनि निकै सस्तो रहेको छ । सेञ्चुरीको प्रतिसेयर १७१ रुपैयाँ छ भने सिभिल बैंक पनि यही मूल्यमा मंगलबार सेयर किनवेच भयो । जनता बैंकको १९१ हुँदा मेगा बैंकको १७९ रुपैयाँ सेयर मूल्य छ ।

११ कम्पनीको दोस्रो बजारको सेयर मूल्य आइपिओभन्दा सस्तो

११ वटा कमपनी जसको सेयर मूल्य दोस्रो बजारमा सय रुपैयाँ भन्दा कम मूल्यमा पाइन्छ । यसमा प्रायजसो जलविद्युत कम्पनीहरु नै परेका छन् । आँखुखोला जलविद्युतको सेयर मूल्य ८० रुपैयाँ छ । बरुण हाइड्रो पावर ९२ रुपैयाँ, छ्याङ्दी हाइड्रोपावर सय रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंक ९३ रुपैयाँ, कालिका पावर कम्पनी ९१ रुपैयाँ छ भने कर्णाली विकास बैंक ९९ रुपैयाँ, माउन्टेन हाइड्रो ९१ रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनी ६९ रुपैयाँ,  रंैराङ हाइड्रोपावर कम्पनी ९१ रुपैयाँ, रिडि हाइड्रोपावर ९० र युनिभर्सल पावर कम्पनी ९१ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप