शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा जीप दुर्घटनाः पाँच घाइते

बुधबार, ११ वैशाख २०७६, १४ : ३०
बुधबार, ११ वैशाख २०७६

बुटवल–गुल्मीको छत्रकोट गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।

सदरमुकाम तम्घासबाट बुटवल जान लागेको लु २ त १७ नम्वरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु १२ प २९७२ नम्वरको मोटर साईकल एक आपसमा ठोक्किँदा दुर्घटना हुन पुगेको श्रृंगा प्रहरी चौकी प्रमुख असई हरिकिशन पुनले जानकारी दिए ।

उनका अनुसार ठोक्किएर मोटर साइकल नालीमा  लडेको थियो जिप भने करिव २ सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनास्थल श्रृंगाको विद्यालय भन्दा केहि तल र पिपलनेटा अगाडि करापोखरा भन्ने स्थानमा भएको थियो ।

  घाइते हुनेहरुमा रेसुङ्गा नगरपालिका–२ तम्घासका ३८ बर्षिय गोपाल पोखरेल, मोटर साईकल चालक छत्रकोट गाउँपालिका–४ का १८ बर्षिय शालिकराम पन्थ , मुसिकोट नगरपालिका–४ बडागाउँका ताराबहादुर राजकोटी, मालिका गाउँपालिका–६ का २२ बर्षिय वसन्त पराजुली , अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का दिलिप केसी रहेको असई पुनले जानकारी दिए ।

घाइतेमध्ये तम्घासको पोखरेलको अवस्था गम्भीर छ । उनको हात  टाउकोमा चोट लागेको छ । अन्य घाइतेको विभिन्न अंगमा चोट लागे पनि खतरामुक्त रहेको असई पुनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप