शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तिलगंगा आँखा अस्पताललाई स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तिय सहायता

बुधबार, ११ वैशाख २०७६, १८ : २३
बुधबार, ११ वैशाख २०७६

काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ‘देखिनु नै विश्वास गर्नु हो’ भन्ने पाँचौं चरणको कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई  २४ लाख ६८ हजार ३ सय ९९ रुपैयाँ सहयोग गरेको छ ।

यो आर्थिक सहायता बैंकले तिलगंगा आँँखा अस्पतालको मुख्य विस्तार योजनालाई वित्तिय सहायता प्रदान गर्ने सम्बन्धमा पहिले गरेको सहमती अनुसार युएस डलर १.० मिलियन (युएस डलर १०० मिलियन) मध्येको एक हिस्सा हो ।

यस परियोजनाको प्रमुख उद्देश्य ग्रामीण तथा नगरोन्मुख क्षेत्रहरुमा शल्यक्रियाको सुविधाहरुको विकास गरेर अन्धोपना हुनबाट कम गराउने लक्ष्यका साथ भक्तपुर र नुवाकोटमा रहेको जिल्ला सामुदायिक अाँखा उपचार केन्द्रहरुमा सुविधाहरु स्तरोन्नति गराउनु रहेको छ ।

बैंकले आज आयोजना गरेको एक विशेष समारोहबीच स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सिइओ अनिर्वान घोष दास्तीदारले उक्त सहयोग राशिको चेक तिलगंगा आँखा अस्पतालका सिइओ डा.रिता गुरुङलाई हस्तान्तरण गरे ।

समारोहमा आफ्नो मन्तव्य राख्दै दास्तीदारले भने “अन्धोपना हटाउनका लागि विश्वस्तरीय सुविधा उपलब्ध गराउने तिलगंगाको पवित्र उद्देश्यमा आबद्ध हुन पाएकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक गौरवान्वीत भएको महसुस गर्दछ ।” 

बैंकले आफ्नो देख्नु नै विश्वास गर्नु हो भने चौथो चरणको कार्यक्रम अन्तर्गत यसभन्दा अघि विराटनगर आँखा अस्पताललाई युएस डलर १ मिलियन वित्तिय सहयोग प्रदान गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप