बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निल्नु न ओकल्नु चिनियाँ जहाजः एक वर्षमा ६० करोड ६१ लाख घाटा

बिहीबार, १२ वैशाख २०७६, ०६ : ४३
बिहीबार, १२ वैशाख २०७६

काठमाडौँ – आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका छन् । 

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७४÷०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकमबराबर नोक्सान गराएका हुन् । 

निगमलाई दुईवटा एमए सिक्स्टी जहाजले ३१ करोड ६४ लाख रुपैयाँ घाटा गराएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप