शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चार वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

बिहीबार, १२ वैशाख २०७६, ०७ : ०४
बिहीबार, १२ वैशाख २०७६

काठमाडौँ – ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो । यो समाचार आजको अन्नपूर्ण पोस्ट्  दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

डा. श्रेष्ठ भन्छन्, ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्म लगाइयो ।’ यसरी सनाखत गदाए पनि ३४ शवको सनाखत हुन सकेन । ती सबैको पोस्टमार्टम गरी सबै विवरण सुरक्षित राखेर शवलाई फरेन्सिक विभाग परिसरमै गाडियो । ‘सनाखत नभएका शव स्टोर गर्न ४÷५ फिट मुनि गाडेर राखियो । बाहिरबाट नम्बर राखियो । पछि आफन्त आएपछि ३ शव निकालेर बुझाइयो,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप