शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपत्तिले डोर्‍याएको विकासः बदलियो बारपाक

बिहीबार, १२ वैशाख २०७६, ०७ : ३२
बिहीबार, १२ वैशाख २०७६

गोरखा – भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् । 

पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो । घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन । अहिले बस्तीको बीच भाग भएर सडक खुलेको छ । पुरानो ढुंगामाटोको विद्यालय थियो, अहिले विद्यालय भवन सिमेन्टको पक्की बनेको छ। चार वर्ष टहरामा पढेका अब पक्की भवनमा पढ्दैछन् । यो भूकम्पले ल्याएको अवसर हो ।यो समाचार आजको नागरिक दैनिकमा नरहरि सापकोटाले लेखेका छन् । 

सदरमुकामबाट बारपाकसम्म जाने ४७ किलोमिटर सडक कालोपत्रे हुँदैछ । एक दिन पुरै खर्चेर सदरमुकाम आउने बारपाकी अचेल चार घन्टामै आउँछन् । कालोपत्रे सकियो भने यो समय अझ दुई घन्टामा झर्ने पक्का छ । 

कालोपत्रे गर्ने ठेक्का भइसक्यो। सडक आयोजनाले समयमै नगर्दा काममा भने ढिलाइ भएकै छ । खानेपानी आयोजना एउटा गैरसरकारी संस्थाले निर्माण गरेर घरघरै धारा जोडिदिएको छ । आफैं बिजुलीमा अत्मनिर्भर रहेको बारपाकमा भूकम्पपछि विद्युत् ध्वस्त भयो । गाउँ नै उज्यालो बनाउने जेनेरेटर बारपाकीले सहयोग पाए । संघ–संस्थाले खानेपानी, सरसफाइ, राहत वितरण, आंशिक रोजगारी, तालिम धेरै दिए। यो फाइदा बारपाकीले पनि लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप