बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंगलोरसँग हार्‍यो पन्जाव

बिहीबार, १२ वैशाख २०७६, ०७ : ५०
बिहीबार, १२ वैशाख २०७६

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले किंग्स इलाभेन पन्जावलाई १७ रनले पराजित गरेको छ ।

दुई सय ३ रनको विजयी लक्ष्य पछ्याएको पन्जावले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८५ रन बनायो । पन्जावका लागि निकोलस पुरनले ४६, ओपनर केएल राहुलले ४२, क्रिस गेलले २३, मायंक अग्रवालले ३५ र डेविड मिलरले २४ रन बनाए । बलिङमा बैंगलोरमा उमेश यादवले तीन, नन्दीप सैनीले दुई तथा मार्कस स्टोइनिस र मोइन अलीले एक एक विकेट लिए ।

यसअघि चिन्ना स्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको बैंगलोरले निर्धाीरत २० ओभरमा चार विकेटको क्षतिमा दुई सय दुई रन बनाएको थियो । बैंगलोरका लागि एवी डी भिलियर्स अविजित ८२ रन बनाए । मार्कुस स्टोनिसले अविजित ४६ र पृथ्वी पटेलले ४३ र कप्तान विराट कोहली १३ रन बनाए । बलिङमा पन्जाबका मोहमद शामी, रविचन्द्र आश्विन, मुरुगान आश्विन र हार्डस विलोजेनले एक एक विकेट लिए ।

जितसँगै बैंगलोर सातौं स्थानमा उक्लिएको छ । बैंगलोरले ११ खेलबाट आठ अंक बनाएको छ । पराजित पन्जाव १० अंक सहित पाँचौं स्थानमा छ । चेन्नई शीर्ष स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप