शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एथ्लेटिकोको कठिन जित

बिहीबार, १२ वैशाख २०७६, ०८ : ४६
बिहीबार, १२ वैशाख २०७६

स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा आसिन एथ्लेटिको म्याड्रिडले भ्यालेन्सियामाथि कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३–२ गोलले हरायो ।

घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन अल्भारो मोराटाले नवौँ, एन्टोइन ग्रिजम्यानले ४९औँ र एन्जल कोरेराले ८१औँ मिनेटमा गोल गरे । भ्यालेन्सियाका केभिन गेमेरियोले ३६औँ र डानी परेहोले ७७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

जितसँगै एट्लेटिकोले ३४ खेलबाट ७१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ८० अंक छ । बार्सिलोना अब एक खेल मात्र जिते लिग च्याम्पियन बन्नेछ । ५२ अंक बनाएको भ्यालेन्सिया पाँचौ स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा एथलेटिक बिल्बाओले लेगानेसलाई १–० र लिभान्तेले रियल बेटिसलाई ४–० गोलले हराएको छ । स्पान्योल र सेल्टाभिगोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप