शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्न जर्मन कपको फाइनलमा

बिहीबार, १२ वैशाख २०७६, ०८ : ५९
बिहीबार, १२ वैशाख २०७६

साविक विजेता बायर्न म्युनिख जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बायर्नले वेर्डर ब्रेमेनलाई ३–२ गोलले हरायो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले खेल सकिन १० मिनेट बाँकी छँदा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । लेवान्डोस्कीले ३६औँ र ८०औँ मिनेटमा दुई गोल गरे । अर्को गोल थोमस मुलरले ६३औं मिनेटमा गरेका थिए ।

ब्रेमेनका लागि युया ओसाकोले ७४औं र मिलोट रासिकाले ७५औं मिनेटमा गोल गरेका थिए ।

फाइनलमा बायर्नले आगामी मे २६ तारिख आरबी लेपिजिगसँग खेल्नेछ ।

लेपिजिग ह्यामबर्ग एसभीलाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप