बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानको ब्लकबस्टर फिल्म ‘तेरे नाम’ को स्वीक्कलको तयारी सुरु

बिहीबार, १२ वैशाख २०७६, १० : २७
बिहीबार, १२ वैशाख २०७६

मुम्बई – बलिउडको ब्लकबस्टर फिल्म ‘तेरे नाम’ को स्वीक्कलको तयारी सुरु भएको छ । सन् २००३ को सलमान खान अभिनित फिल्मले धेरैलाई रुवाएको थियो ।

फिल्मकार सतीश कौशिकले उक्त फिल्मको स्वीक्कलको स्क्रिप्ट लेखेर सकिएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘हाम्रो स्क्रिप्ट पूरा भइसकेको छ । यो अवस्थामा फिल्मको बारेमा धेरै कुरा बताउँन सक्दिन । यो एउटा ग्याङस्टारको प्रेमकथामा आधारित फिल्म हो । हामीले अहिलेसम्म कलाकार को हुने भन्ने निर्णय गरेका छैनौँ । मेरो अर्को प्रोडक्शन ‘कागज’ को काम सकिएपछि यसको काम सुरु हुन्छ ।’

तर, उनले यस विषयमा सलमानलाई जोड्न चाहेनन् । सलमानको यो नै पहिलो ब्लकबस्टर फिल्म थियो । जसले गर्दा सलमानको करियरले उचाई पायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप