शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करिनासँग लिभ–इनमा बस्नका लागि सैफले यसरी मनाएका थिए बेबोकी आमालाई

बिहीबार, १२ वैशाख २०७६, ११ : २१
बिहीबार, १२ वैशाख २०७६

करिना कपुर रखान र सैफ अली खान बलिउडका ती जोडीमध्ये एक हुन् जसले आफ्नो सम्बन्ध कहिले पनि लुकाएनन् । आज उनीहरु आफ्नो वैवाहिक सुखभोग गरिरहेका छन् र उनीहरुका एउटा छोरा तैमुर पनि छन् ।

विवाह अघि करिना र सैफले एक–अर्कालाई पाँच वर्षसम्म डेट गरे । सन् २०१२ मा उनीहरु विवाह बन्धनमा बाँधिए । उनीहरु विवाह अघि लिभ इनमा बसे ।

लिभइनमा बस्नका लागि सैफले बेबो भनिने करिनाकी आमालाई मनाउनु पर्यो । ह्यूमन्स अफ बम्बेको आधिकारिक फेसबुक पोस्टमा करिनाले लिभइनमा बस्नका लागि सेफले उनकी आमालाई कसरी मनाए भन्ने जानकारी दिइन् ।

करिनाले लेखिन्, ‘हामी डेटिङमा भएको केही समय बितिसकेको थियो । त्यतिबेला सेफले आफू २५ वर्षको युवा नभएकाले दैनिक उनलाई राती घर पुर्याउन नसक्ने बताए । त्यतिबेला सेफले मेरी आमासँग भने, ‘म आफ्नो पूरा जीवन करिनासँग बिताउन चाहन्छु । हामी दुईजना लिभ–इनमा बस्न चाहन्छौं ।’ मेरी आमालाई यो कुरासँग केही आपत्ति थिए । वास्तवमा, सैफका लागि सबैकुरा सजिलो रह्यो । जब हामीले विवाह गर्ने निर्णय गर्यौं त्यतिबेला पनि सजिलै हाम्रो विवाह भएको थियो ।’

नीजिमात्र होइन व्यवसायिक जीवनमा पनि करिना र सैफले थुप्रै फिल्ममा सँगै काम गरे । यसमा ‘ओमकारा, टशन, ह्याप्पी एन्डिङ, एजेन्ट विनोद, कुर्बानजस्ता फिल्म समावेश छन् । यद्यपी, यी मध्ये केही मात्र फिल्म चले । अब करिना ‘तख्त’ र ‘गुड न्यूज’ जस्ता फिल्ममा देखिँदैछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप