बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्जा सूचना केन्द्रलाई ४० करोड पेनाल्टी

बिहीबार, १२ वैशाख २०७६, १५ : ४५
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं–कर्जा सूचना केन्द्रले ४० करोड पेनाल्टी तिर्नुपर्ने भएको छ । कर कार्यालयले कम्पनीलाई भ्याटमा दर्ता नभएको र भ्याट नतिरेको भन्दै ४० करोड पेनाल्टी तिर्न कर कार्यालयले पत्र पठाएको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । 

उनले राष्ट्र बैंकले गरेको प्रि बजेट छलफलमा  भने, ‘कर्जा सुचना केन्द्र आफै मुस्किलले १ करोडको कम्पनी होला, उसले ४० करोड पेनाल्टी कसरी तिर्न सक्छ । कम्पनी नै बन्द गर्नुपर्ने अवस्था नआओस । यसमा राष्ट्र बैंकको ध्यान जाओस र आगामी बजेटमा सम्बोधन गरियोस् ।’ 

बैंक तथा वित्तिय संस्थाको ऋण लगानीबारे सुचना आदान प्रदान गर्न नेपाल राष्ट्र बैंकसहितको लगानीमा कर्जा सुचना केन्द्र स्थापना भएको हो ।

 वित्तीय संस्थालाई सेवा दिने उदेश्यले स्थापना भएकाले कम्पनीलाई भ्याटमा दर्ता हुनुपर्ने आवश्यकता थिएन । तर, अहिले सो कम्पनीलाई ४० करोडको पेनाल्टी तिर्न पत्र आएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप