शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दजाकोट झाडापखला अपडेट: ९ जना भर्ना, ४ रिफर

बिहीबार, १२ वैशाख २०७६, १७ : १२
बिहीबार, १२ वैशाख २०७६

गुल्मी– गत चार दिनदेखि गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा फैलिएको झाडापखलाका विरामीहरुमध्ये  आज चौथो दिन मात्रै ५८ जनाले स्वास्थ्य शिविरमा उपचार गराएका छन् । नगरपालिकाले आपतकालिन रुपमा गाउँमा पुर्याएका स्वास्थ्यकर्मीसँग उनीहरुले स्वास्थ्य जाँच गराएका हुन् । 

स्वास्थ्य शिविरमा अहिले सम्म ५८ जनाले  उपचार गराएको र त्यसमध्ये ३५ जना डिस्चार्ज भएका छन् ।  त्यस्तै ९ जनालाई वेड भर्ना गरिएको र गम्भीर देखिएका ४ जनालाई जिल्ला अस्पताल तम्घास पठाइएको स्थानीय जनप्रतिनिधि हरिप्रसाद छन्त्यालले बताए ।

तम्घास पठाइएका ४ जनामध्ये अति गम्भीर अवस्थाकी ५९ वर्षीया कुमारी सिञ्जालीलाई त्यहाँबाट पाल्पा रिफर गरिएको छन्त्यालले जानकारी दिए । जिल्ला अस्पतालमा वोमबहादुर राकसकोटी, खिमबहादुर पेमी र नविन सिञ्जालीले उपचार गराइरहेको छन्त्यालको भनाई छ ।

उनका अनुृसार दजाकोटमा पहिलो दिन छाडापखालले गम्भीर भएर दोश्रो दिन तम्घास लगायतका अस्पतालमा पुर्याएर २ जनाको उपचार गराइएको थियो  । हिजो (तेश्रो दिन) पनि विभिन्न अस्पतालमा पुगेर २६ जनाले उपचार गराएका थिए । हालसम्म उपचार गराउनेको संख्या ८६ पुगेको छ ।

स्वास्थ्य शिविरमा मुसिकोट नगरपालिका र जिल्ला अस्पतालबाट पनि डाक्टर, स्वास्थ्यकर्मी र आवश्यक औषधी पुर्याइएको सो नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । सदियौंदेखि खानेपानीको हाहाकार भोगेको त्यस गाउँका करिब ७५ घरधुरी पानी अभावकै कारण  २०७३ साल बैशाख १८ गतेका दिन आगलागीको चपेटामा परेका थिए । सो घटनामा १ जनाको मृत्यु भएको थियो भने सयौं पशुपन्छी र ५६ घरधुरी जलेर खरानी भएको थियो ।  

त्यसबेला तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले त्यहाँ लिफ्ट सिस्टमको खानेपानी योजना सरकारले निर्माण गरिदिने घोषणा समेत गरेका थिए । तत्कालका लागि नुरखोलाको मुहानबाट अस्थाई रुपमा   पाईप बिछाएर खानेपानीको समाधान गरिएको थियो । सोही खोलाको पानी प्रदुषित भएर गाउँवासीलाई झाडापखला लागेको स्थानीयको आशंका छ ।

मन्त्री बस्नेतले उक्त योजना पारे पनि पर्याप्य रकम नपरेका कारण योजनाको काम तिब्र गतिमा अगाडी बढ्न सकेको छैन । स्थानीय उपभोक्ताहरुले  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टलाई केहि दिनअघि मागपत्र पेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप