शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुराना पाँच वटा कमोडिटी एक्सचेन्जले पाएनन् सञ्चालन अनुमति, नयाँका लागि पुनः आवेदन खुला

बिहीबार, १२ वैशाख २०७६, १७ : १५
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं–वस्तु विनिमय बजार संचालन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका  पाँच वटा कम्पनीलाई बोर्डले अनुमति नदिने भएको छ । 

 प्रस्तावित कम्पनीहरुले पूर्व स्वीकृतिका लागि निवेदन पेश गरेकोमा वस्तु बजार सम्बन्धी नियमावली, २०७४ को नियम (५) बमोजिम उक्त कम्पनीहरुले सम्पूर्ण कागजात तथा विवरणहरु पेश नगरेपछि ती पाँचवटै कम्पनीलाई स्विकृति नदिने निर्णयमा बोर्ड पुगेको हो । यद्यपि, ती कमपनीले पुन आवेदन दिन पाउँने बाटो भने खुला राखिएको छ । 

आवेदन दिनेमा मर्कन्टाइल एक्सचेन्ज, मल्टि डेरिभेटिभ एक्सचेन्ज नेपाल, नेपाल कमोटिडि एक्सचेन्ज, कमोडिटि फ्युचर्स एक्सचेन्ज र रगेल कमोडिटी एण्ड  डेरिभेटिभ एक्सचेन्ज थिए । 

मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी हाललाई बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय नेपाल धितोपत्र बोर्डले जनाएको छ । 

वस्तु विनिमय बजार संचालनका लागि पूर्व स्वीकृति प्रदान गर्दा प्रस्तावित कम्पनीको पूँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा उत्कृष्ट दुईवटा आवेदकलाई छनौट गरिने बोर्डको भनाइ छ ।
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप