शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टीभीएस मोटरसाइकल तथा स्कूटरका डिलरहरुको भेला सम्पन्न

बिहीबार, १२ वैशाख २०७६, १८ : ४९
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं– नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कूटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले हालै देशभरका डिलरहरुको एक भेला आयोजना गरेको छ ।

१ घर १ टीभीएस नारा दिइएको उक्त भेलामा टीभीएस मोटरसाइकल तथा स्कूटरहरुको देशभरका ९८ डिलरहरुको सहभागीता रहेको थियो । यही वैशाख ४ देखि वैशाख ९ सम्म भैरहवा स्थित टाइगर रिसोर्टमा आयोजना भएको उक्त भेलाको उद्देश्य १ घर १ टीभीएसको लक्ष्य प्राप्ती थियो ।

ग्राहकहरुलाई स्थानीय रुपमा गाऊँमा नै सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवा प्रदान गर्ने तथा जस्तोसुकै समस्याको समाधान २४ घण्टा भित्रमा गर्ने सम्बन्धमा डिलरहरुलाई अझ बढी संवेदनशील ढंङ्गका साथ अघि बढाउनु रहेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘हाम्रो बिक्री रेकर्ड अझ सुधार गर्न चाहन्छौं र टीभीएस प्रति ग्राहकहरुले देखाउनु भएको रुचीलाई सम्मान गर्दै यसको सेवा विस्तार गर्न लालायित छौं । हामीलाई विश्वास छ, यो डिलर भेलाले तपाईं हामीलाई हाम्रो लक्ष्य प्राप्त गर्न अभिप्रेरित गर्नेछ ।’

टीभीएसले उत्पादन गरेका १०० सिसि देखि ३१० सिसि सम्मका विभिन्न टीभीएस मोटरसाइकल तथा स्कूटरहरु नेपालमा उपलब्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप