बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंक एजीएमः शेयरधनीलाई साढे ६% लाभांश, ३ नयाँ संचालक चयन

बिहीबार, १२ वैशाख २०७६, १९ : १८
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभाले साढे ६% नगद लाभांश पारित गरेको छ । 

सभाले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूंजीको २% बराबरको बोनस शेयर र ४.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यो बोनस शेयर जारी पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ । 

त्यसैगरी, सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । 

आ.व. २०७५/७६ को पुस मसान्तसम्म यस बैंकले कुल निक्षेप ६४ अर्ब १२ करोड र कर्जा रकम ५९ अर्ब ६१ करोड परिचालन गरी ७४ करोड २ लाख सञ्चालन मुनाफा र ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप