बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका २ जना कार्यकर्ता पक्राउ

बिहीबार, १२ वैशाख २०७६, २० : २१
बिहीबार, १२ वैशाख २०७६

रारा । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपालाई प्रतिबन्ध लगाएसँगै जिल्लाका सो समूहका दुई जिल्ला कमिटी सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सोरुकोटले सो समूहका जिल्ला कमिटी सदस्य सोरु गाउँपालिका–६ का ३६ वर्षीय राजबहादुर भाम (उदय) र खत्याड गाउँपालिका–११ का ४३ वर्षीय गोकर्ण शाही (आकर्षण) लाई इलाका प्रहरी कार्यालय रातापानीले पक्राउ गरेको हो । 

भामलाई वैशाख जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराई अनुसन्धानको प्रक्रियामा प्रहरी हिरासतमा राखिएको छ ।  

वैशाख ११ गते खत्याड गाउँपालिका–११ को खत्याड खोलाबाट शाहीलाई फक्राउ गरेको थियो । शाहीको स्वास्थ्य परीक्षण गराई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लालबहादुर ऐरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप