बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’

बिहीबार, १२ वैशाख २०७६, २० : ४०
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं । चर्चित गायक बद्रि पंगेनी र पुर्णकला विसीले ‘क्रिकेट गीत’ सार्वजनिक गरेका छन् । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्वजनिक गरेका हुन् ।

‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका छन् । गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन् । 

हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यहरु समावेश गरीएको छ । 

खेलाडीहरुले संसारभर नेपाल चिनाइरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्रि पंगेनी बताउँछन् । 

गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप