शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाइटो: व्याक्टेरियाको घर

शुक्रबार, १३ वैशाख २०७६, १० : ५३
शुक्रबार, १३ वैशाख २०७६


नाइटोः मानव जीवनमा महत्वपूर्ण हिस्सा राख्ने अंग । जीवनको शुरुवातमा आमाको पेटबाट बच्चासम्म खाना पुर्याउने नलीको प्रवेशद्वार र वयस्क भइसकेपछि कतिपय मानिसहरुका लागि त सौन्दर्यका प्रतिविम्बन पनि ।


तर त्यही महत्वपूर्ण अंग चाहिँ व्याक्टेरियाको घर पनि हो भन्ने कुरा शायद हामीमध्ये कतिपयलाई थाहा नहुन पनि सक्छ ।

वैज्ञानिकहरुका अनुसार, मानिसको नाइटो व्याक्टेरियाको घर पनि हो । त्यसबारेमा गरिएको एक अनुसन्धानमा संलग्न ६० जना स्वयंसेवीहरुको नाइटोमा २३६८ प्रजातिका व्याक्टेरियाहरु फेला पारेका थिए । तीमध्ये पनि १४५८ त नयाँ प्रजातिका व्याक्टेरिया थिए ।


वैज्ञानिकहरुका अनुसार, हातका औठाका छापजस्तै हरेक मानिसको नाइटो पनि फरक फरक खालका हुने गर्छन् ।

Photo: https://www.thestar.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप